
सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएको प्रभु लाइफले जनाएको छ ।
आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताईन्। उनले जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरेकी छिन्।
कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् ।