५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 09:57:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एक महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५६ प्रतिशतले बढेको छ। पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख बढी बीमा शुल्क आर्जन गरेका हुन्। जुन मङ्सिरको तुलनामा ५६.६४ प्रतिशतले बढी हो। मङ्सिरमा कम्पनीहरुले यस्तो शुल्क २ अर्ब ६१ करोड ९९ लाख मात्रै आर्जन गरेका थिए।

पुसमा मात्रै नभई असोज, र कार्तिकमा समेत ३ अर्ब शुल्क आर्जन गर्न कम्पनीहरुलाई हम्मेहम्मे परेको थियो। असोजमा २ अर्ब ९६ करोड, र कार्तिकमा २ अर्ब ५१ करोडमै व्यावसाय सिमित थियो। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४ अर्ब ४८ करोड आर्जन गरेका कम्पनीहरुले मुलुकका आर्थिक गतिविधिमा सुस्तता आएसँगै भदौमा व्यवसाय घटेर ३ अर्ब २९ करोडमा सिमित भएको थियो । त्यसपछि कम्पनीहरुले पुसमा पहिलो पटक ४ अर्ब बढीको व्यावसाय गरेका हुन्।

पछिल्ला महिनाहरुमा मुद्रास्फिति बढ्दै गएपछि बीमा व्यावसायमा पनि संकुचन देखिएको थियो। राष्ट्र बैंकले पछिल्लो पटक मंसिरको मुद्रास्फिति ७.३८ कायम रहेको विवरण प्रकाशन गर्दै क्रमिक रुपमा सुधार हुँदै जाने जनाएको थियो। जबकी कार्तिकमा यस्तो महँगी ८.०८ प्रतिशत रहेको थियो। महँगीमा केही कमि आएसँगै बीमा व्यावसायमा राहत पुगेको हो। यसबाहेक सरकारले सवारी आयातमा लगाएको प्रतिबन्ध समेत फुकुवा गर्दा मोटर बीमामार्फत हुने व्यावसायमा थप सुधार देखिएको छ।

हेर्नुस् कुनको व्यवसाय कति ?






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved