नेपाल लाईफको खुद नाफा २३७ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 10:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  खुद नाफा २३७ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७८/७९ को को सोही अवधिमा १७ करोड ५७ लाख नाफा खुद नाफा कमाएको नेपाल लाइफले यो पुस मसान्तसम्म ४४ करोड १ लाख ६० हजार नाफा कमाएको हो।

कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार नाफामा आक्रमक देखिएको कम्पनीको बीमा शुल्क आर्जन भने सुस्त देखिएको छ। गत आर्थिक वर्ष १८ अर्ब ११ करोड रहेको खुद बीमा शुल्क आर्जन रकम अहिले १ दशमलव ६० प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ।

आन्तिरिक वित्तीय क्षमता दर्शाउने कम्पनीको जगेडा कोषमा पनि गिरावट आएको छ। जगेडा कोष ७२ प्रतिशत भन्दा धेरैले घट्दै ४८ करोड ४ लाखमा झरेको छ । ८ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५० करोड पनि नहुँदा कम्पनीको किताबी मूल्य ११६ रुपैयाँ मात्र छ। अघिल्लो वर्ष १३४ रुपैयाँ किताबी मूल्य भएको कम्पनीको किताबी मूल्य १३ दशमलव ६४ प्रतिशतले घटेको छ ।

जीवन बीमा कोष  १ खर्ब ५० अर्ब पुगेको छ । समीक्षा अवधिमा जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्ता पुजीँ ८ अर्ब २० करोड रहेको छ। त्यस्तै प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा  छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved