सिरहामा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2023 | 09:01:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिरहाको लहानमा कृषि, पशुपंछी तथा जडिबुटी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको सहजीकरणमा  कृषि विभाग, खाद्य तथा पोषण सुरक्षासुधार आयोजना, क्लस्टर इकाईको आयोजनामा तालिम सञ्चालन गरिएको थियो। तालिम यही फागुन २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको हो। 

तालिमको शुरूमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमानिर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषिबीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी गराएका थिए। 

कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिव सुन्दर घिमिरेले कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको महत्व र सरकारबाट कृषि बीमामा उपब्ध हुँदै आएको अनुदानका बारेमा चर्चा गरेका हुन्। 

विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदीले कृषि, पशुपन्छी तथा जडिबूटी बीमागर्ने विधि र दाबी भुक्तानी प्रक्रियाका बारेमा जानकारी गराए। 

तालिममा सहभागीहरूलाई उत्पादनमा आधारित कृषिबाली, तरकारीबाली, माछा, च्याऊखेती, ब्रोइलर कुखुरा, पशुधन, मौरी, अमिलो जातका फलफूल लगायतका बीमा लेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिइएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved