बीमा कम्पनीले नाफाको १ प्रतिशत सीएसआरमा राख्नुपर्ने, ब्राण्ड प्रवर्द्धन गर्न बन्देज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 06:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले अबदेखि सामाजिक उत्तरदायित्व (सीएसआर) कोष खडा गरि प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुट्याउनु पर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन सम्वन्धी निर्देशिका चौथो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यो भन्दा पहिला कोष नै खडा गरेर उक्त रकम जम्मा गर्नुपर्ने कानुनी व्यवस्था थिएन। यद्यपी नाफाको १ प्रतिशत रकम भने सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था भने थियो। साथै नयाँ व्यवस्था अनुसार सीएसआरको रकम खर्च गर्नको लागि थप कडाई अर्थात व्यवस्थित गराएको छ।

सीएसआर कोषमा कम्पनीका संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुनेगरि खर्च गर्न नपाइने व्यवस्था गरेको छ।

यस्ता छन् सीएसआर कोषको रकम खर्च गर्ने सर्तहरु

–सामाजिक परियोजनाहरुमा हुने खर्चः शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धि कार्यक्रम आदिमा गरिने खर्च ।

–प्रत्यक्ष अनुदान खर्चः अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च ।

–गरिबी निवारण नेपाल सरकारको गरिबी निवारण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्धारा रक्षावरण गर्दा हुने खर्च ।

–आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च ।

–कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च यस कोपबाट व्यहोर्न पाइने छैन । तर संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यको रुपमा उल्लेख गर्न सकिनेछ ।

–कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य) मा मात्रै सिमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

–संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन ।

–संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि यस व्यवस्था अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया कोपको संचालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाई लागू गर्नुपर्नेछ ।

उल्लेखित कोषको व्यवस्था तथा सोवाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तिय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत खुलाउनु पर्ने व्यवस्था समेत गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved