सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सञ्चालनमा, चुक्ता पूँजी २ अर्ब ८० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 07:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सफल मर्जर पश्चात एकिकृत कारोबार शुरु भएको छ ।  सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको हो। 

 २०५१ बैशाख २९ गते बाट सञ्चालनमा आएको प्रिमियर ईन्स्योरेन्स कम्पनी  र  २०६३ बैशाख २ गतेबाट सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद  सिलवालले एकिकृत कारोबार शुभारम्भ गरेका हुन्।

मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । दुबै बीमा कम्पनी (१ः१) समान शेयर अनुपातमा एक आपसमा मर्ज भएका हुन्  । 

मर्जर पश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी २ अर्ब ८० करोड भन्दा बढी भएको छ भने बीमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ । यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पूजीँकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनी द्धारा जारी गरिएको बीमालेख संख्या ४१७१८२ रहेको छ । कम्पनीले १२५ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved