माघमा मात्रै १ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2023 | 12:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

माघमा महिनामा १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराका बिमा पोलिसी सरेन्डर भएका छन्। सञ्चालनमा रहेका १८ जीवन बिमा कम्पनीको बिमा कम्पनीका बीमितहरुले सवा अर्ब बढी रकम बराबरका ९ हजार ८३९ वटा पोलिसी त्यागेका हुन् । यो पोलीसी सरेण्डर संख्या पुसको तुलनामा ५१ प्रतिशतले धेरै हो । पुसमा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँको ६ हजार ७८२ पोलिसी सरेन्डर भएको थियो ।

माघमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका बिमितले पोलिसी त्यागेका छन् । इन्स्योरेन्सका २ हजार ७१९ बिमितले ३८ करोड ३ लाख ६१ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

माघमा राष्ट्रिय बिमा संस्थानका १ हजार ६६२ बिमितले १० करोड ८६ लाख ६५ हजार रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् । यस्तै नेसनल लाइफ इन्स्योरेन्सका ८०२ बिमितले १४ करोड ७३ लाख ५९ हजार रुपैयाँको पोलिसी त्यागेको प्राधिकरणले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका १ हजार ५८५ बिमितले ३० करोड ४६ लाख २९ हजार, मेट लाइफका ३५४ बिमितले ३ करोड १७ लाख ८३ हजार, एसियन लाइफका १ हजार ४९३ बिमितले २१ करोड ३२ लाख ३५ हजार, गुँरास लाइफका १९६ बिमितले १ करोड ९४ लाख १३ हजार र प्राइम लाइफका ४०२ बिमितले २ करोड २६ लाख ९४ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार आइएमई लाइफका ६६ बिमितले ५६ लाख ३६ हजार, युनियन लाइफका ७६ बिमितले २ करोड ३२ लाख ४० हजार, सन नेपाल लाइफका ४४ बिमितले १ करोड २ लाख ४० हजार रुपैयाँ, रिलायन्स लाइफका ६५ बिमितले ९९ लाख ४२ हजार, रिलायबल लाइफका १३९ बिमितले ७० लाख ४ हजार र सिटिजन लाइफका ७८ बिमितले ६५ लाख ७८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।




यस्तै सानिमा लाइफका २८ बिमितले ४५ लाख ८३ हजार, प्रभु लाइफका ३० बिमितले ६२ लाख ६६ हजार, महालक्ष्मी लाइफका ३९ बिमितले ५० लाख २४ हजार र सूर्यज्योति लाइफका ६१ बिमितले २ करोड ११ लाख १० हजार रुपैयाँको बिमा पोलिसी त्यागेको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved