मर्जरपछि यस्तो बन्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 05:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया समाप्त भई आज सोमबारदेखि एकिकृत कारोबारको सुरुवात भएको छ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नामबाट एकिकृत कारोवार सुरु बह्येको हो ।

आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन  गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अजिथ आर. गुणवर्द्धने (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) , सिद्धार्थ मणि राजभण्डारी (संस्थापक समूह) , गजेन्द्र लाल श्रेष्ठ (सर्बसाधारण समूह) र साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल (संस्थापक समूह), अरुण राज श्रेष्ठ (संस्थापक समूह) , र कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरेको छ ।

बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष  मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved