बीमा दाबी भुक्तानीको लागि काठमाडौँ आउनु पर्ने अवस्था अन्त्य गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 09:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबी भुक्तानीको लागि दुर्गमबाट काठमाडौँ आउनु पर्ने अवस्था अन्त्य गर्न बीमा कम्पनीहरुलाई  निर्देशन दिएका छन् । मर्जरपछि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबारको शुभारम्भ गर्दै अध्यक्ष सिलवालले बीमा दाबी लिन काठमाडौं आउनुपर्ने व्यवस्था हटाउन निर्देशन दिएका हुन् 

बीमा कम्पनी मर्ज भएर ठूलो भएसँगै कम्पनीको सेवा सुविधा दूरदराज लैजान उनले निर्देशन दिएका हुन्। उनले कर्मचारीको क्षमता बढाउनको लागि एक पटक लगानी गर्न पनि आग्रह गरेका छन् । एकपटकको लगानीले पछिसम्म लाभ लिन सकिने उनको भनाई थियो ।

उनले पुँजी बढाउँन निर्देशन दिंदा दुई संस्था मिलेर मर्ज गर्ने निर्णय गरेकोमा खुसि व्यक्त गरेका छन् । उनले मर्जरपछि सबैभन्दा ठूलो निर्जीवन कम्पनी बनेकोले त्यसको लाभ लिन आग्रह गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नामबाट एकिकृत कारोवार सुरु गरेका हुन् ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved