सिटिजन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्याे बोनसदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 01:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितिलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर सार्वजनिक गर्दै कम्पनीले प्रतिहजारमा प्रतिवर्ष न्युनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म दिने जानकारी गराएको हो। कम्पनीले बीमालेखको प्रकार र बीमाको अवधिको आधारमा बोनस दिन लागेको हो।

कस्ता बीमितले कति बोनस पाउँछन्? 


अग्रिम भुक्तानी सावधिकः
यो बीमालेखमा बीमितले न्युनतम ४४ रुपैयाँ देखि अधिकतम ५५ रुपैयाँ पाउनेछन्। कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको बीमालेखको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले यस्ता बीमालेख कुल १ हजार ८ वटा बीमालेख बिक्रि गरेको छ।

सावधिकः सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले यस्ता बीमालेख कुल ३ हजार १ सयय ६२ वटा बीमालेख जारी गरेको छ।

सिटिजन शुभारम्भ योजना सावाधिकः यो बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा यो बीमालेख कुल ५६ हजार ६ सय ८० वटा जारी गरेको छ।

सिटिजन बाल भविष्य योजना (सावाधिक): कम्पनीले यो बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिकः अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ ।

यस्तो बीमालेख कम्पनीले समिक्षा अवधिमा १६ हजार ४ सय ३ वटा जारी गरेको जनाएको छ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन सारथी जीवन बीमा योजना): सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले यस्तो बीमालेख १८ हजार ७ सय ९२ वटा जारी गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved