हिमालयन रि इन्स्योरेन्सको नाफा चार करोड, साढे ४२ करोड भुक्तानी गर्न बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 02:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आव २०७९/८० को दोस्रो त्रैमासम्म आउँदा  हिमालयन रि इन्स्योरेन्स कम्पनीले चार करोड नाफा कमाएको छ। कम्पनीले आज सार्वजनिक गरेकोे दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार साउन देखि पुसमहिनासम्म कम्पनीले ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको हो।

जबकी गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो। त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३० लाख घाटामा थियो। चालु आवको पुस मसान्तसम्ममा कम्पनीले दुई अर्ब ३६ करोड ३३ लाख पाँच हजार ७७४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको यसै अवधीमा कम्पनीले जम्मा २९ करोड ९९ लाख ७५ हजार १५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

समीक्षा अवधीमा कम्पनीले १४ करोड १७ लाख ५३ हजार १७८ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत आवको यसै अवधीमा यस्तो दावी भुक्तानी जम्मा तीन करोड रुपैयाँ थियो । चालु आवको छ महिनामा कम्पनीले आठ करोड ८८ लाख ७७ हजार व्यवस्थापन खर्च गरेको छ । गत आवमा यस्तो खर्च जम्मा छ करोड २५ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद नाफा चार करोड ६३ लाख ८१ हजार ७७४ रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले अझै ४२ करोड ४१ लाख ६९ हजार ६९९ रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी जगेडा कोषमा १७ करोड रुपैयाँ संचिती रहेको छ भने बीमा कोषमा १३ करोड ६९ लाख ९८ हजार ११६ रुपैयाँ संचिती रहेको छ । समीक्षा अवधीमा कम्पनीले कूल ३० करोड रुपैयाँको कोष बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved