मर्जरपछि सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 08:53:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई चैते ९ गते बिहिबारदेखि एकिकृत कारोबार (एकिकृत जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १८ गते  मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको चैत्र ५ गतेको बैठकले चैत्र ७ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो  । 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वर (हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान)मा  रहने गरि एकिकृत कारोबार हुन् लागेको हो ।  यी दुई कम्पनी १:१ को स्वाप अर्थात् समान हैसियतमा मर्ज भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved