अनिवार्य गरिएको मोटर बीमा मै निर्जीवन बीमा कम्पनी निर्भर, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 10:33:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अनिवार्य गरेको सवारी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले मोटर बीमा(तेस्रो पक्ष) अनिवार्य गरेको छ। तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र ब्लु बुक नवीकरण समेत नहुने ब्यबस्था छ ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीबन बीमा व्यावसायमा मोटर बीमाको हिस्सा ३२ प्रतिशत बढी छ। जसमा अधिकतम हिस्सा तेस्रो पाटीको नै रहेको प्राधिकरणका एक अधिकारीले बताए। 

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार पुससम्म बीमालेखको आधारमा मोटर बीमाको हिस्सा बीमा शुल्कको आधारमा ३२. ६२ प्रतिशत रहेको छ। पुसम्म कुल निर्जीबन बीमालेख १३ लाख ९५ हजार बढी बीमालेख जारी हुँदा मोटर बीमामात्रै ८ लाख ८४ हजार १२१ जारी भएका छन्। पौने ९ लाख भन्दा बढी मोटर बीमाबाट मात्रै कम्पनीहरुले करिब ६ अर्ब ५५ करोड १७ लाख बढीको व्यावसाय गरेका छन्। यो १४ लाख हाराहारी कुल बीमालेख जारी गर्दा गरेको व्यावसायको ३२ प्रतिशत बढी हो। कुल बीमालेख जारि गर्दा कम्पनीहरुले २० अर्ब ८ करोड २५ लाख बराबरको व्यावसाय गरेका हुन्। 

एनएलजी र युनाइटेड मोटर बीमामा बढी निर्भर

निर्जीवन बीमा व्यावसाय गर्दै आईरहेका एनएलजी र युनाइटेड इन्स्योरेन्सको करिब ५० प्रतिशत व्यावसाय मोटर बीमामा नै निर्भर रहेको देखिन्छ। यी दुवै कम्पनीको ४७ प्रतिशत व्यवासाय मोटर बीमाको छ। 

गाडी आयात बन्द हुँदा व्यवसाय सुस्त

कुल व्यवसायको ३२ प्रतिशत सवारी बीमामै निर्भर हुँदा आयात प्रतिबन्धको कारणले सवारी बीमामा कमि आएको जानकारहरु बताउँछन्। बीमक संघका अध्यक्ष चंक क्षेत्री करिब एक वर्ष नयाँ गाडीको आयातमा लगाइएको प्रतिबन्ध र आर्थिक संकुचनका कारण मोटर बीमा विगतका वर्षहरुमा भन्दा सुस्ताएको बताउँछन्। उनले भने, ‘सवारी बीमा पहिले देखि नै उच्च थियो। अहिले आयात प्रतिबन्धको प्रभावले कम भएको छ।’ 

सरकारले तेस्रो पक्ष अनिवार्य गरेकै कारण मोटर बीमाको हिस्सा बढी भएको बीमा प्राधिकरण पनि स्विकार गर्छ। मुलुकको आर्थिक गतिविधिको प्रभाव समग्र बीमा व्यावसायमा पनि परेको प्राधिकरण अध्यक्ष सूर्य शिलवाल बताउँछन्। साथै मोटर बीमा अनिवार्य भएकाले व्यावसायमा केही राहत भने भएको उनी स्वीकार गर्छन्। ‘सुस्ताउँदो आर्थिक गतिविधिको असर बीमा व्यावसायमा परेको छ। सबै व्यावसायमा नै केही न केही गिरावट आएको छ।’ उनले भने, ‘मोटर बीमाको कुरा गर्नुपर्दा पहिला त सवारी आयात बन्दले प्रभाव पा¥यो। अहिले सवारी साधन खरिदकर्ताको संख्या पनि कम छ। तेस्रो पक्ष मोटर बीमा अनिवार्य हुँदा कम्पनीहरुलाई राहत भएको छ।’

मुलुकका अन्य आर्थिक गतिविधिका साथसाथै बीमा व्यावसायमा सुस्तता छाएको छ। यो अवस्थामा सरकारले मोटर बीमा अनिवार्य गर्दा निर्जीवन बीमा कम्पनीहरुलाई धेरै सहज भएको छ। ब्यापक बीमा अर्थात फुल कभरेजमा भने सवारी साधन पुरानो हुँदै गएपछि सवारी धनीले बीमा गर्न त्यत्ति चाँसो राख्दैनन्।

हेर्नुस् कसको कति ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved