नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमा योजना: एक बीमा दुई सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 10:55:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जविन बीमा योजना सार्वजनिक गरेको हो । एक बीमा योजनाबाट दुई सुविधा उपभोग गर्न सकिने व्यवस्थासहित कम्पनीले यो योजना ल्याएको हो ।

यो योजनामा सावधिक जीबन बीमा अग्रिम भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने जस्ता विशेषता रहेको छ । साबधिक जविन बीमा अन्तर्गत न्यूनतम ५ देखि अधिकतम ३५ वर्षसम्मको समय रहेको छ । आजीवन बीमाको हकमा भने न्युनतम १५ देखि ६२ वर्षसम्म जोखिम बहन हुने व्यवस्था रहेको छ ।

यो योजना अन्तर्गत बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै मासिक तलब बचत स्किम अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने छ । यसैगरी एकल बीमाको हकमा भने केवल साविक जीवन बीमा मात्रै यो सुविधामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एक बीमा शुल्क तिर्ने तरिका पेन्सन बीमा गर्नेले भने उपभाग गर्न पाउने छैन ।

न्यूनतम रकम २५ हजारदेखि अधिकतम बीमाङ्क रकम आयस्रोतको अनुसार तय गर्न सकिने छ । यस योजनामा कर्जा लिन सकिने व्यवस्था रहेको छ भने वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ गरेदेखि ३ वर्ष पुराभएपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

साथै यस योजनाअन्तर्गत दुर्घटना बीमा लाभ सुविधा समेत रहेको छ । १८ वर्ष माथिका बीमितले दुर्घटना बीमाको अतिरिक्त शुल्क तिरेर एक करोड सम्मको दुर्घटना बीमाको समेत सुविधा पाउन सक्नेछन् । साथै यस योजना अन्तर्गत १८ वर्षदेखि ७० वर्षसम्मका बीमितले एक करोड रुपैयाँसम्मको असक्तता बीमा सुविधा समेत पाउनेछन् । त्यस्तै, १८ वर्षमाथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको यस योजनाअन्तर्गत घातक रोग बीमाको समेत सुधिवा पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved