प्रभु लाइफको 'सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम' सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 09:38:12 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक सोन आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। कम्पनीका अनुसार कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे, लगायतको उपस्थिती रहेको थियो । 

अन्तराष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको कम्पनीलेजनाएको छ। ट्रेनर घलेज्यूले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएको तथा  अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको कम्पनीले जनाएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved