यूनाइटेड र अजोड इन्स्योरेन्सबीच आजबाट संयुक्त कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 08:59:13 AM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले आजदेखी संयुक्त कारोबारको गर्ने भएका छन् । आजबाट युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 

दुई कम्पनी बीचमा १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्जर भएको हो । अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ रहने छन् । प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्त भएका छन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रहेको छ । मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved