
 2mb (1).gif)
आज जेष्ठ १७ गतेदेखि नेको इन्स्योरेन्सले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ बर्ष पुरा गरी २८औं बर्षमा प्रवेश गरेको छ ।
कम्पनीले आफ्नो सेवा संचालनको २८औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरु बीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ ।
साथै विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूूलक कार्यक्रमहरु सम्पन्न गरको कम्पनीले उल्लेख गरेको छ ।