विगत एक वर्षदेखि बीमा अभिकर्ताको रुपमा काम गर्दै आएकी अम्बिका गौतम हाल हिमालयन लाइफ इन्स्योरेन्सको सिनियर म्यानेजर छिन् । उनी हिमालयन लाइफमा आउनु अघि तत्कालिन जीवन बीमा संस्थान (हाल जीवन बीमा कम्पनी) मा अभिकर्ताकै रुपमा कार्यरत थिइन्।
जीवन बीमा कम्पनी अन्तरगत उनले अहिले तत्कालिन यूनियन लाइफ हुँदै अहिले हिमालयन लाइफमा सिनियर म्यानेजरको रुपमा यात्रा गरिरहेकी छिन् । बीमा क्षेत्रमा आउनु अघि भने उनी मार्केटिङ् फिल्डमा थिइन्। आफ्नो पूर्व पेशाले पनि यस क्षेत्रमा सफलता हालिस गर्न मद्दत पुगेको उनी बताउँछिन्।
जागिरभन्दा आफ्नो गच्छे अनुसारको केहि व्यवसाय गर्नुपर्छ भन्ने सिद्धान्त बोकेर अघि बढेकी गौतमको परिवारमा भने अधिकांश सदस्य सरकारी जागिरे छन् । तर, पनि उनी कहिल्यै जागिरमा लालायित भने भइनन् ।
आफ्नै सिद्धान्त र मान्यतामा अघि बढ्ने विशेष कला भएकी गौतम वाककलामा निपूर्ण छिन् । उनले त्यहि वाककलाको कारण राजनैतिक जीवनसँगै बीमा व्यवसायलाई पनि अगाडि बढाएकी छिन । उनी बीमा व्यवसायमा चिनिएकी बीमा अभिकर्ता पनि हुन् । उनी राजनीतिसँगै अभिकर्ता संघमा पनि आवद्ध छिन् । उनी बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत अभिकर्ता संघको केन्द्रीय सचिवसमेत हुन्।
उनले अभिकर्ताबाट मनग्य आम्दानी मात्र कमाइनन् । इज्जत प्रतिष्ठा पनि कमाएकी छिन् । अभिकर्ता पेशाबाट नै उनले देश विदेशसम्मको भम्रण गरिसकेकी छिन् । संखुवासभाबाट काठमाडौं आएकी गौतमले अभिकर्ता पेशाको उच्चतम सफलता हासिल गरिसकेकी छिन् । उनले कयौं पटक एमडिआरटी (मिलिनियर डलर राउण्ड टेवल) पनि बन्ने मौका पाएकी छिन्।
कुनै एक जना महिला श्रीमानको मृत्युपछि बच्चालाई पढाउन नसकेर मिडियामा आएर रोएको देखेर आफु अभिकर्ता पेशामा आवद्ध भएको उनी बताउँछिन् । यदि बीमा गराएको भए ती महिलाले आफ्नो बच्चालाई पढाउन समस्या हुँदैन थियो भन्ने कुरा मनन् गर्दै आफुले बीमा बजारको बारेमा सर्वसाधारणलाई बुझाएर अघि बढ्छु भन्ने सोचका साथ काम गर्दै आएको उनको भनाइ छ ।
यस पेशामा आएलगत्तै शुरुमा सर्वसाधारणलाई कन्भिन्स गराउन निकै गार्हो भएपनि पछि गएर सहज हुँदै गएको उनको अनुभव छ । उनका अनुसार यस पेशामा लागेका मानिसले आम्दानी अथाह गर्न सक्छन् । उनी भन्छिन्, ’कति आम्दानी गर्ने भन्ने चाहिं आफ्नो मिहिनेत र प्रयासमा भर पर्दछ । यहि पेशामा लागेर गुणस्तरीय जीवन बिताउने गरि आम्दानी गर्न सकिन्छ।’
विदेश तिर अभिकर्तालाई छुट्टै सम्मान र दर्जा दिने गरिएको उनले सुनाइन्। उनले विश्वका अभिकर्ता तथा बीमा क्षेत्रको गोष्ठिहरुमा विभिन्न मुलुक पनि भ्रमण गरेकी छिन्। त्यहाँ गएर अभिकर्तालाई गरेको सम्मान देखेर आफु निकै सम्मानित पेशामा रहेछु भन्ने लागेर खुसी लागेको उनी बताउँछिन् । उनका अनुसार विदेशमा अभिकर्तालाई नियामक र बीमा कम्पनीले पनि उच्च सम्मान दिने गरेका छन् । नेपालमा पनि त्यस किसिमको वातावरण सृजना गर्न आवशयक नीति निर्माण गर्नुपर्ने गौतमको भनाइ छ ।
विदेशमा कुनै अभिकर्ता भएर लामो समय विताएको व्यक्तिलाई कम्पनीहरुले अनुदानको रुपमा केहि रकम दिने गर्दछन् । यसैगरी, समय समयमा बीमा सम्बद्ध नियामक र बीमकहरुले बीमा सम्बन्धी नीति निर्माणमा पनि अभिकर्तासँग नियामकले छलफल गर्ने गर्दछन् । तर, नेपालमा भने नियामकले अभिकर्तालाई सम्मान र स्थान दिन नसकेको उनको भनाइ छ। अभिकर्ता बीमा क्षेत्रको मूख्य खम्बा भएकाले यस पेशालाई नियामकले आगामी दिनमा अझ सहज वातावरण बनाउनु पर्ने उनको सुझाव छ ।
प्रस्तुत छ सिनियर अभिकर्ता गौतमसँग गरिएको भिडियो कुराकानीको सार :