आइएमई लाइफले बोलायो साधारण सभा, बम्पर लाभांश पारितको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 05:04:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारण सभा आगामी जेठ २८ गते गर्ने भएको छ । कम्पनीले सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्सालमा हुने बताएको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनार्थ समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले वार्षिक प्रतिबेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र अन्य वितीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने छ ।कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि आगामी जेठ १४ गते बुक क्लोज गर्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved