हिमालयन लाइफले १९ लाख १२ हजार ५ सय रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ । पोखरामा रहेको कम्पनीको बगर शाखाले मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
कम्पनीमा जीवन बीमा गरेका बीमित नवराज अधिकारीको मृत्यु भएपछि कम्पनीले स्वः अधिकारीका परिवार राधा पौडेललाई सो रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीको गण्डकी प्रदेश उपप्रमुख गणेश धमलाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्वः अधिकारीले केहि वर्ष अघि बगर शाखामा १५ लाख रुपैयाँ बीमाङ्क बराबरको बीमा गरेका थिए ।