हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 09:14:36 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छूट दिने भएको छ ।

कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नविकरण गराएमा २५ देखि शतप्रतिशतसम्म ब्याज छूटको व्यवस्था गरेको  बताएको छ ।

कम्पनीले उक्त अवधिसम्ममा नविकरण गराउदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छूटको व्यवस्था गरेको छ । 

कम्पनीका अनुसार तीन वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छूट,३ वर्षभन्दामाथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागि २५ प्रतिशत ब्याज छूट प्रदान गरिने छ ।  

कम्पनीका अनुसार उक्त छूट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved