सलिकोद्वारा कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 05:05:37 PM मा प्रकाशित

laxmi sunrise bank

सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले कर्णाली प्रदेशको मुगुको छायानाथ रारा नगरपालिकामा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

कम्पनीले जेष्ठ ४ गते देखी ६ गतेसम्म तालिम सञ्चालन गरेको हो ।उक्त तालिममा मुगुका विभिन्न स्थानिय निकायहरुबाट प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिममा कृषि, पशुपन्छी तथा जडीबुटी बीमालेख लगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐनको बिषयमा तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तालिम तथा परिक्षा सम्पन्न गराईएको जानकारी कम्पनीका कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकालले जानकारी गराए ।

तालिम मा सहभागिहरुलाई तालिम सम्पन्न पश्चात परिक्षा लिई उर्तिण भएकाहरुलाई प्रमाण पत्र वितरण गरिएको सलिकोका कर्णाली प्रदेश प्रमुख विनित पौडेलले जानकारी दिए ।

उक्त तालिममा गरी जम्मा २३ जना सहभागिहरु भएका थिए भने ति मध्ये १५ जनालाई प्रमाणप्रत्र प्रदान गरिएको प्रदेश प्रमुख पौडेलले जानकारी दिए । 

कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक सुजन खकुरेल, कृषि विभाग प्रमुख उमेश ढकाल, कर्णाली प्रदेश प्रमुख विनित पौडेलका साथै मुगुका शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved