नेशनल लाईफद्वारा नेशनल अवार्ड कार्यक्रममा अभिकर्तालाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 06:21:02 PM मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तरगत नेशनल रत्न छनौट हुन सफल भएका कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

इटहरीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश प्रसाद खत्रीले उनीहरुलाई सम्मान गरेका हुन् । 

उक्त अवसरमा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस्ता खालका योजनाहरु प्रभावकारी हुने बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल,  प्रमाणपत्र र खादाबाट सम्मान गर्दै कम्पनीका सीईओ खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र यसले कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना रहेको पनि बताए । 

कार्यक्रममा कम्पनीका सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राईलगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता थियो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved