लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा कनेक्ट आईपीएसले सार्वजनिक गर्यो आकर्षक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 06:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएसले कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम ( ४० हजाररुपैयाँसम्म) फिर्ता पाउन सक्नेछन् ।यो अफर जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुनेछ ।

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक कम्पनीले बताएको छ ।

 कनेक्ट आईपीएस को वेब, मोबाइल एप तथा इन्स्योरेनस कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved