साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । यो दिन २७.५४ अंकले बजार बढ्दा पनि अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेका छन् ।
यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । पौने ६ अर्ब रुपैयाँको कारोबार भएको यो दिन बीमा कम्पनीहरुमा भने लगानीकर्ताको खासै आकर्षण देखिएन । यस दिन जीवन बीमा समूहको उपसूचक ८.३७ र निर्जीवन समूहको उपसूचक ५६.०९ प्रतिशतले घटेको छ ।
नेप्सेमा सूचीकृत २६ वटा बीमा कम्पनी मध्ये यो दिन १७ वटा बीमा कम्पनीको शेयरमूल्य घटेको छ । जीवन बीमातर्फ ८ र निर्जीवन बीमातर्फ ९ वटा कम्पनीको शेयरमूल्य घटेको हो ।
शेयरमूल्य घटेका कम्पनीहरु
जीवन बीमातर्फ सिटिजन लाइफ, हिमालयन लाइफ, आइएमई लाइफ, नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र सानिमा रिलायन्स लाइफको शेयरमूल्य घटेको हो ।
यसैगरी,जिर्नीवन बीमातर्फ हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम र यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य घटेको छ ।
मूल्य बढेका कम्पनीहरु
आज जीवन बीमातर्फ ४, निर्जीवन तर्फ ३ र २ पुनर्बीमा गरी ९ वटा कम्पनीको शेयर भाउ बढेको छ । जीवन बीमातर्फ एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लाइफ र सूर्यज्योति लाइफको शेयरमूल्य बढेको छ ।
यता निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढेको छ । यसैगरी, पुनर्बीमातर्फ दुवै पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिको शेयरमूल्य बढेको छ ।