नेपाल पुनर्बीमा कम्पनीको सीईओ बन्न ५ जना ‘सर्टलिस्टेड’, को-को छन् दौडमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 09:22:59 AM मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मिति तय भएको छ। उम्मेदवार छनौट तथा सिफारिस समितिका अनुसार सीईओका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ११ गते हुनेछ । 

सीईओका  लागि आवेदन दिएका मध्ये समितिले सर्टलिस्टमा छनौट भएका दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापालाई अन्तरवार्ताका लागि बोलाएको हो। सर्टलिष्टमा परेका भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्।

श्रेष्ठ भने साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक हुन्। त्यसैगरी, नारायणकुमार भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्।

सर्टलिष्टमा परेका उम्मेदवारहरुको अन्तरवार्ता आगामी जेठ ११ गते विहान ८ः३० बजेदेखि मध्याह्न १२ः३० बजेसम्मको समय निर्धारण गरिएको छ। प्रस्तुतीकरण तथा अन्तरवार्ता दुबै कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा हुने छ । 

समितिले उम्मेदवारहरुलाई आफूले पेस गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथमा लिई आउन पनि आग्रह गरेको छ। उम्मेदवारले दरखास्त फाराम साथ पेस गरेको व्यावासयिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्ने छ। तत्कालीन सीईओ शंकरकुमार रायमाझी कार्यकाल पूरा गरेर गत पुस ११ गते बाहिरिएपछि गत फागुन ७ गते कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट सीईओका लागि आवेदन मागेको थियो ।

हेर्नुहोस सूचना :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved