सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को आयोजनामा मंगलबार जुम्लाको पातारासी गाउँपालिकामा कृषि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीको जुम्ला शाखाको आयोजना र प्रदेश कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कृषि बीमा भनेको के हो, कसरी गर्ने, बीमा दाबी कसरी गर्ने,बीमा दाबीको लागि आवश्यक कागजातहरुको बारेमा जानकारी दिइएको थियो ।
सो अवसरमा कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमालाई प्राथमिकता दिएको भन्दै कम्पनीले कृषकहरुको हितमा काम गरिरहेको बताए ।
कार्यक्रममा पातारासी गाउँपालिकाका प्रमुख पूर्णसिंह बोहोरा, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलसहित अन्य जनप्रतिनिधिहरुको सहभागिता थियो ।
यसैगरी, कम्पनीकाको तर्फबाट सहायक प्रबन्धक सुजन खकुरेल, प्रदेश प्रमुख विनित पौडेल तथा जुम्ला शाखा प्रमुख लोकेन्द्र न्यौपाने पनि कार्यक्रममा सहभागि थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा कृषकसमेत गरि ४० जनाको सहभागिता थियो ।