जुम्लामा सलिकोद्धारा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 07:17:04 PM मा प्रकाशित

सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिका)ेले जुम्लाको पातारासी गाउँपालिकामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सलिकोको वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीको जुम्ला शाखाको जुम्ला शाखाको आयोजना र प्रदेश कार्यालयको समन्वय १ दिने सचेतना कार्यक्रम जेष्ठ ८ गते मंगलबार सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा पातारासी गाउँपालिकाका जनप्रतिनिधी र कृषकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि विमा भनेको के हो ? कसरी गर्ने, बीमा दाबी कसरी गर्ने विमा दाबीको लागि आवश्यक कागजातहरुको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले पालिकामा रहेको कृषि तथा पशुपंक्षी विमाको अवस्था के छ भनी अध्ययन गरी आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपंक्षी विमाको लागि आवश्यक बजेट विनियोजनको लागि व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी कम्पनीको तर्फबाट बोल्दै कृषि विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी विमालाई कम्पनीले ग्राहयता दिएको र कृषकहरुको हितमा हामीले काम गरिरहेको छौँ आगामी दिनमा कृषकहरुलाई मर्का पर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सचेतना कार्यक्रममा पातारासी गाउँपालिकाका प्रमुख पूर्णसिंह बोहोरा, प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर रावल सहित वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वक्ताको रुपमा कम्पनीका सहायक प्रबन्धक सुजन खकुरेल, प्रदेश प्रमुख विनित पौडेल र कृषि विभाग प्रमुख उमेश ढकालको सहभागिता रहेको थियो ।

कार्यक्रममा पातारासी गाउँपालिकाका विभिन्न वडाबाट ४० जना कृषकहरुको सहभागिता रहेको सलिको जुम्ला शाखा प्रमुख लोकेन्द्र न्यौपानेले बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved