सन् नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा १ वा सोभन्दा बढी लागनी भएका लगानीकर्ताको संख्या २५ रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० को कम्पनीको वार्षिक प्रतिवेदन अनुसार २५ ठूला शेयरधनी मध्ये १७ जना व्यक्ति र ८ वटा संस्था छन् । जसमध्ये सबैभन्दा धेरै शेयर स्वामित्व ओम चाभोबिरो फिड ईन्ड्रस्ट्रिजको छ । कम्पनीमा फिड ईन्ड्रस्ट्रिजको २४ लाख कित्ता शेयर तथा १०.७१ प्रतिशत स्वामित्व छ ।
त्यसैगरी, रोशन केसीको ७.८६ प्रतिशत, बबिता कुमारी अग्रवाल केयलको ६.६२, कालिका ईन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्टको र सुशिला मित्तलको समान ४.०२ प्रतिशत शेयर स्वामित्व छ ।
यसैगरी, बागमति ईन्स प्रालि र हार्भेस्ट ईन्भेष्टमेन्टको समान ३.१३ प्रतिशत, किरण केसीको २.८६ प्रतिशत, कबिता कुमारी तिब्रेवाल, सोउन होल्डिङ्स, र श्री कृष्ण स्टील्सको समान १.७९ प्रतिशत शेयर स्वामित्व छ । यसैगरी, कुसुम देवि केयलको १.६१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
विश्व प्रकाश गौतम, निरज कुमार टोढी, पवन कुमार खेतल, राजेश कुमार अग्रवाल, रुबी अग्रवाल पोडार, सशि कुमार तिब्रेवाल र सौरभ अग्रवालको समान १.४३ प्रतिशत शेयर स्वामित्व छ ।
यस्तै, अर्जुन केयलको १.४१, निकित केयलको १.३३, सत्य नारायन केयलको १.२८, विक्कि हार्डवेर हाउस प्राइभेट लिमिटेडको १.२५, नारायणी रोलिङ मिल्सको १.१२ र सुमन कुमार केयलको १.०७ प्रतिशत शेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ ।