युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्याउनका लागि १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउन १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने छ ।हकप्रद र बोनस शेयर वितरण गरी कम्पनीले साढे २ अर्ब चुक्तापूँजी पुर्याउने लक्ष्य लिएको छ ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई आगामी असार मसान्तसम्म साढे २ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।