आइतबार शेयर बजार परिसूचक नेप्से घटेसँगै अघिकांश बीमा कम्पनीहरुको शेयर भाउ पनि घटेको छ ।
२२ अंकले घटेको बजरमा बीमा कम्पनीहरुको मूल्य उल्लेख्य रुपमा गिरावट आएको हो । हाल नेप्सेमा २६ बीमा कम्पनीहरु सूचीकृत छन् । यस दिन २४ बीमा कम्पनीको शेयर भाउ घटेको छ भने २ वटा कम्पनीको मूल्य बढेको छ ।
यस दिन जीवन बीमा उपसमूह ८८.४५ अंकले घटेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूह १११.४० अंकले घटेको छ । आज जीवन बीमातर्फ सबै कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । पुनर्बीमातर्फ पनि २ वटै पुनर्बीमक कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
यता निर्जीवन तर्फ २ वटा कम्पनीको मूल्य बढ्दा १० वटाको घटेको छ । नेको ईन्स्योरेन्स र सानिमा जीआईसी ईन्स्योरेन्स कम्पनीको शेयर मूल्य झिनो अंकले बढेको भएपनि बाँकी १० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ ।