....त्यसपछि आकृतिले बुझिन् बीमाको महत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 04:06:25 PM मा प्रकाशित

मानिसको हरेक पाइला पाइलामा जोखिम छ । त्यस्तो जोखिमबाट सृजित आर्थिक क्षतिलाई कम गर्न बीमा गर्नु पर्दछ । बीमाको महत्व त्यतिबेलमा बुझिन्छ, जब क्षति हुन्छ । 

भावनात्मक क्षतिको वहन कसैले पनि गर्न सक्दैन । तर, सृजित आर्थिक क्षतिको वहन बीमा कम्पनीले गर्ने गर्दछ । बीमाको महत्व पनि क्षति भएपछि मात्र मानिसहरुले बुझ्ने गरेका छन् । 

जसको प्रत्यक्ष उदाहरण हुन्,  ललितपुर जिल्लाको टिकाथलि घर भएकी आकृति शर्मा । उनले श्रीमान गुमाएपछि बीमाको महत्व बुझेको बताइन्।

पुरख्यौली घर बिराटनगर भएका शर्मा दम्पति विगत लामो समयदेखि ललितपुरमा बस्दै आएका थिए । आकृतिका श्रीमान दिपक दाहाल काठमाडौंमा व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरुले टिकाथलिमा एउटा घर पनि बनाए । उनीहरुका  सानै उमेरका दुई छोरी पनि छन् । ४ वर्षकी आदृता दाहाल र १ वर्षकी आज्ञाता दाहाल ।

उनीहरुले ठूली छोरि आदृताको लागि ३ वर्षअघि हिमालयन लाइफ इन्स्योरेन्स (साविक यूनियन लाइफ) बाट बाल बीमालेख खरिद गरेका थिए । बीमा गाउनुको मूख्य उद्धेष्य भनेको उच्च शिक्षा लागि आर्थिक जोहोहोस र भइपरि आउने जोखिम बहन होस भन्ने नै हो । 

तर बीमा गरेको दुई वर्षमा उनको परिवारमा एउटा दुखद घटना भयो । आदृताको बुबा दिपक दाहालको निधन हुन पुग्यो ।

उनको परिवारका लागि दुखद घटनापछि भावनात्मक क्षति असीमित रह्यो नै । साथै आर्थिक रुपमा पनि उनको परिवारलाई ठूलै क्षति भयो । घरमा कमाएर ल्याउने अभिभावक नै नभएपछि आर्थिक संकट त हुने नै भयो । यसपछि उनको परिवारमा ठूलो आर्थिक संकट सृजना हुन पुग्यो ।  २ छोरीहरुलाई हुर्काउने र पढाउने चिन्ता र श्रीमानको निधनपछिके भावनात्मक चिन्ताले समस्या झन समस्या आइलाग्यो । तर, हिमालयन लाइफले उनलाई आर्थिक रुपमा राम्रै टेको दियो । 

२५ लाख बीमाङ्क रकमको आदृताको बीमा भएकै कारण यतिखेर उक्त कम्पनीले आर्थिक क्षति वहन गरिरहेको छ । कम्पनीले बीमितलाई अध्ययनका लागि भनेर हरेक महिना २५ हजार रुपैयाँ दिइरहेको छ । 

कम्पनीका अनुसार उनले १९ वर्ष नपुगुञ्जेलसम्म प्रत्येक महिना २५ हजार रुपैयाँका दरले   पाउने छिन् ।

यतिमात्र होइन, कम्पनीले उनलाई बीमा अवधि सक्किए पछि सो रकममा बोनस जोडेर एकमुष्ट ४० लाख रुपैयाँ बढी दिने छ । 

मासिक रकमले केहि हदसम्म भएपनि छोरिहरु हुर्काउन र पढाउन सहज भएको आमा आकृति बताउँछिन् । यसका लागि उनले बीमा कम्पनी र नयाँ बानेश्वर शाखाकी एजेन्सी म्यानेजर अम्बिका गौतमलाई धन्यवाद दिइन् । 

कम्पनीले यसरी प्रत्येक  महिना भुक्तानी दिने गरेको सुनाउँदै आमा आकृतिले बीमाको महत्व सबैले बुझनु पर्ने बताइन् । 

हुन त उनलाई पहिला बीमाको महत्वको बारेमा थाहा पनि थिएन । उनलाई बीमा किन गर्नु भन्ने पनि लाग्थ्यो । 'बीमा किन गर्नुपर्छ भन्ने लाग्थ्यो तर आज आएर मैले बीमाको महत्वको बारेमा राम्रोसँग बुझें’, उनी भन्छिन्, 'सबैले बीमा गर्नु पर्ने रहेछ।’

अन्यलाई पनि समयमै बीमा गरेर आफ्नो भइपरि आउने आर्थिक जोखिमलाई हस्तान्तरण गर्न उनले अनुरोध समेत गरेकि छिन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved