आइएमई लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।
उक्त कम्पनीको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।
नेप्सेले कम्पनीको २६.३१५८ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ४४८ रुपैयाँ कायम भएको छ । आइतबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले गत २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश पारित गर्न आगामी जेठ २८ गते ७ औं वार्षिक साधारण सभाबाट बोलाएको छ ।