बोर्डका ईडीलाई भेटेर बीमा व्यबसायीले गरे यस्तो गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 07:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसंग भेट गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलिले आइतबार कार्यकारी निर्देशक डा. अधिकारीलाई भेटेको हो । 

भेटमा संघले केहि सुझावहरु प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्था छ । यस व्यवस्थाले गर्दा लगानीकर्ता सञ्चालकहरुले आफुलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री गर्न नपाएर समस्या परेको गुनासो गर्दै आएका थिए । सोहि विषयलाई केन्द्रमा राखेर आज छलफल भएको अध्यक्ष मल्लले जानकारी दिए । 

सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा शेयर रोक्का नै गरिराख्नु न्यायोचित नहुने धारण संघले राखेको अध्यक्ष मल्लले बताए । 

उनले भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यबस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको जानकारी दिए । 

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved