राष्ट्रिय जीवन बीमा कम्पनीमा राष्ट्र बैंकको लगानी कानून विपरीत, नियन्त्रण गर्न महालेखाको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 08:58:24 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जीवन बीमा कम्पनीमा गरेको लगानीलाई लिएर महालेखा परीक्षकले सुझाव दिएको छ ।

राष्ट्र बैंकले ऐन विपरित उक्त कम्पनीमा लगानी गरेको भन्दै महालेखाले सुझाव दिएको हो । 

महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिसमक्ष ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७(२) मा भएको व्यवस्थाको प्रतिकुलमा रहि राष्ट्र बैंकले सो कम्पनीमा लगानी गरेको उल्लेख छ । ऐन अनुसार राष्ट्र बैंकले कम्पनीको कुल पूँजीको १० प्रतिशत ननाघ्नेगरी लगानी गर्नुपर्ने छ । 

तर, राष्ट्र बैंकले सो कम्पनीमा ५५.५५ प्रतिशत आफ्नो स्वामित्व राखेको छ । यसै विषयमा महालेखाले सुझाव दिएको हो । 

आफ्नो ५५.५५ प्रतिशत शेयर स्वामित्वका साथै राष्ट्र बैंकले सो कम्पनीनीको अग्राधिकार शेयरमा  सहभागिता जनाउन भन्दै १ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ अग्रिम दाखिला गरेको छ । 

राष्ट्र बैंकले सो कम्पनीमा आफ्ने शेयर स्वामित्व घटाएर १० प्रतिशतमा झार्नु पर्ने थियो । तर, राष्ट्र बैंकले लगानी थप गरेको छ ।राष्ट्र बैंकको उक्त लागनी नियन्त्रण गर्नुपर्ने महालेखाले सुझाव दिएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved