कोरोना बीमा : कम्पनीले प्रिमियम लिएर असीमित दायित्व सरकारलाई भिडाएको महालेखाको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 10:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमाबारे महालेखा परीक्षक  कार्यालयले सरकारलाई अनावश्यक भार पारिएको ठहर गरेको छ । कोरोना बीमा गर्ने मापदण्ड नै सरकारलाई भार पार्नेगरी बनाइएको महालेखाले उल्लेख गरेको हो ।

आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षकको प्रतिवेदनमा सो मापदण्ड उपयुक्त नदेखिएको उल्लेख रहेको छ । कोरोनाको बीमा गर्नका लागि मापदण्ड कोभिड १९ बीम मापदण्ड, २०७७ जारी भएको थियो । अर्थ मन्त्रालय अन्तर्गत सचिवस्तरको निर्णयबाट २०७७ साउन १६ गते मापदण्ड स्वीकृत भएको थियो ।

मापदण्डमा ३ अर्ब ५० करोडभन्दा बढी दाबी भुक्तानी परेको खण्डमा त्यस्तो भुक्तानी नेपाल सरकारले व्योहोर्ने उल्लेख छ । सो बीमालेख जारी गर्दा प्रिमियम रकम सम्बन्धित कम्पनीले लिने गरेको उल्लेख गर्दै महालेखाले दाबी भुक्तानीको असीमित भार भने सरकारलाई भिडाएको ठहर गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved