राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त अध्यक्ष बरालले सोमबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण लिएका हुन्।
उनलाई कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो।उनीअर्थ मन्त्रालयका सहसचिव हुन्।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाललगायतका पदाधिकारीहरू उपस्थित थिए ।