
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई- सेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको ।
जसअन्तरगत एक जना भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउने कम्पनीले बताएको छ ।
जेठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा ई सेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउने छन्।
हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा एक दिन दुई रातको लागि Staycation Package पाउने छन् भने पाँच जना भाग्यशाली विजेताले ई-सेवा केयर प्राप्त गर्नेछन्। यसका साथै बम्परमा छ दिन पाँच रातको लागि दुबई घुम्न जाने अवसर पाइने छ।
यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सकिने कम्पनीले बताएको छ ।
यस योजनाको बारेमा कम्पनीका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।
उनले यस अन्तर्गत प्रयोगकर्ताहरुले ई सेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सृजना हुने पनि बताएका छन्।
ई- सेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।