
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स बीच क्रिकेट- २०२४ को शिर्ष उपाधि हात पारेको छ। गत जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको अन्तिम खेलमा साविक विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो ।
टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्किले बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जितेकी छन् ।
साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्की प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए ।विजेता टिमको क्याप्टेनमा स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी थिए ।
कम्पनीले आयोजक एन इभेन्टस् रहेको उक्त कर्पोरेट वुमन्स बीच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई बधाई ज्ञापन गरेको छ ।