९५ प्रतिशतले घट्यो कृषि बीमाको व्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2024 | 09:09:35 PM मा प्रकाशित

laxmi sunrise bank

सरकार र निर्जीवन बीमा कम्पनीबीचको टकरावले कृषि बीमा गर्नेहरुको संख्या ह्वात्तै घटेको छ । सरकारले बीमा प्रिमियम अनुदान वापतको रकम नदिएको भन्दै कम्पनीहरुले बीमालेख जारी गर्न रोक लागाएपछि यस क्षेत्रको व्यवसायमा ठुला र्हास आएको छ । 

गत चैत १ गतेदेखि बीमा कम्पनीहरुले कृषि बीमालेख जारी गर्न बन्द गरेका थिए । सरकारले दिनुपर्ने २ अर्ब बढी रकम नदिएको भन्दै कम्पनीहरुले बीमालेख जारी बन्दा गरेका थिए । निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति नै निकालेर बीमालेखा जारी बन्द गर्ने निर्णय गरेको थियो । 

कम्पनीहरुले साँढे २ महिनासम्म कृषि बीमालेख जारी बन्द गरेका थिए । यसरी बीमालेख जारी बन्द गर्द त्यसको प्रत्यक्ष मारमा किसान परे । किसानसँगै बीमा कम्पनी र सारकार पनि त्यसको प्रत्यक्ष मारमा परेको छ । 

कम्पनीहरुको कृषि बीमा तर्फको व्यपार ह्वात्तै घट्यो भने सरकारलाई चौतर्फी तरीकाले घाटा पुग्यो । सामान्यतया कम्पनीको व्यपार घट्नु देखि किसानहरु बीमाबाट वन्चित हुनु पर्ने अवस्था पनि राज्यका लागि ठुलो घाटाको विषय हो । त्यसबापत आउने राजस्व, बीमा गर्न किसान वन्चित भएपछिको कृषिको दायरा, उत्पादन, त्यसको क्षतिको परिपूर्ति नपाउनु आदि विषय किसानका लागि मात्र होइन राज्य अनि आम जनताका लागि घाटाको विषय हो । 

कम्पनीहरुले साँढे २ महिनापनि जेठ १८ गतेदेखि पुनः बीमालेख जारी सुरु गरेका छन् । रकम प्राप्त गर्न विश्वासका बीच कम्पनीहरुले पुनः बीमालेख विक्री सुचारु गरेका हुन् । 

बीमालेख विक्री बन्द गर्द कति बीमा कम्पनीहरुले करडौँ रुपैयाँ बीमाशुल्क गुमाउनु परेको छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत र वैशाख तथ्यांक सार्वजनिक गरिसकेको छ । जेठको भने तथ्यांक आउन बाँकी नै छ । जेठको १७ दिन किसानहरुले बीमा गर्न पाएका थिएनन् । त्यसको तथ्यांक प्राधिकरणले असारमा सार्वजनिक गर्नेछ । 

तर, चालु आवको चैत र वैशाखमा कम्पनीहरुको कृषि बीमाको व्यवसाय ५९ प्रतिशतले गिरावट आएको छ । गत आवको चैत र वैशाख २ महिनामा कम्पनीहरुले कृषि बीमा वापत ५१ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको सोहि २ महिनामा त्यस्तो बीमाशुल्क घटेर २१ करोड १७ लाख रुपैयाँमा झरेको छ । 

जसमध्ये वैशाखमा मात्र कृषि बीमातर्फंको व्यापार ९४.९ प्रतिशतले र्हास आएको छ । गत आवको वैशाखमा कृषि बीमातर्फ १७ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । यस्तो बीमाशल्क चालु आवको वैशाखमा ८७ लाख रुपैयाँमा सिमित भएको छ । 

गत आवको चैत र वैशाख र चालु आवको चैत र वैशाखमा कृषि बीमाको डाटा:

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved