एनएलजीको बोनश शेयरधनीको डिम्याटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2024 | 09:05:28 AM मा प्रकाशित

laxmi sunrise bank

एनएलजी इन्स्योरेन्सले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

कम्पनीको गत फागुन ३ गते सम्पन्न भएको १८औं वार्षिक साधारण सभाले पारित गरेको ५.५० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा बोनश शेयर जम्मा गराएको पनि बताएको छ । 

त्यस्तै, कम्पनीले माघ २४ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीको हकमा बोनश शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved