नेशनल लाइफद्वारा बीमा अभिकर्ताका लागि बलथली भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2024 | 01:27:07 PM मा प्रकाशित

laxmi sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना बीमा अभिकर्ताहरुलाई पर्यटकीय क्षेत्र बलथली भ्रमण गराएको छ । कम्पनीले आफ्ना बीमा अभिकर्तालाई दुई रात तीन दिनको भ्रमण गराएको हो ।

बीमा अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल भएका अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण तथा कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराएको कम्पनीले बताएको छ ।

मुलुकभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २०० जना बरिष्ठ बीमा अभिकर्ताहरु उक्त भ्रमणमा सहभागि थिए । भ्रमणका क्रममा उनीहरुलाई त्यहाँको मनोरम दृष्यका साथै त्यहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिट अग्लो त्रिशुलको अवलोकन पनि गराइएको थियो ।

साथै, उक्त भ्रमण पश्चात धुलिखेलमा आयोजित कार्यक्रममा कलाकार सुमन कार्कीले एकल मनोरञ्जानात्क प्रस्तुती गरेका थिए उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पुगेको भ्रमणमा सहभागि अभिकर्ताहरुले व्यक्त गरेका छन् ।

साथै उनीहरुले नेपालका राष्ट्रिय चर्चित कलाकारसँग साक्षात्कार गर्ने अवसर जुराइदिएको भन्दै कम्पनीलाई धन्यवादसमेत दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved