
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ वटा शाखाहरु
स्थानान्तरण भएका छन् । कम्पनीले उपत्यका र उपत्यका बाहिराका शाखाहरु
स्थानान्तरण गरेको हो ।
सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई
मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा स्तानान्तरण गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका वडा नं ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा स्तानान्तरण भएको छ ।
ग्राहकलाई छिटो र छरितो बीमा सेवा
प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष
परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखाहरु स्थानान्तरण गरिएको कम्पनीले जानकारी
गराएको छ ।
उक्त स्तानातरण भएका शखाबाट सोमबारबाट
नै सेवा सुरु भएको छ ।