हिमालयन लाइफद्वारा ७ वटै प्रदेशमा वार्षिकोत्सवका अवसरमा विभिध कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2024 | 11:16:07 AM मा प्रकाशित

laxmi sunrise bank

                                                     

हिमालयन लाइफ इन्स्योरेन्सले १६ औं वार्षिकोत्सवको अवसरमा सात वटै प्रदेशमा विविध कार्यक्रम आयोजना गरेको छ । 

सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्न र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा बृद्ध आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्न वितरण गरेको छ ।

त्यस्तै,कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुरस्थित रामजानकी आश्रम, बर्दिबासस्थित भुवनेश्वरी आश्रम र बिरगञ्जस्थित मानव सेवा आश्रमका बृद्धबृद्धालाई खाना खुवाएको छ ।

यसैगरी, कम्पनीले बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहरस्थित लमजुङ बिद्यालयका ४० जना बिद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरास्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ । 

लुम्बिनी प्रदेश अन्तर्गत बुटवलको अपाङ्ग आश्रममा खाद्यान्न वितरण, नेपालगञ्ज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धबृद्धालाई खाद्यान्न वितरण, कपिलबस्तुस्थित कैलाश आश्रममका बृद्धबृद्धालाई खाना खुवाएको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रमका बृद्धबृद्धालाई खाना खुवाइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत टिकापुरस्थित साहारा घर, डडेल्धुरास्थित उग्रतारा संस्कृत बिद्यालय, झलारीस्थित बिद्यालयमा र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्न तथा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

उक्त कम्पनी स्थापना भएको मंगलबार १६ वर्ष पुरा हुँदैछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved