
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोशिएशन(निर्मा) को सहकार्यमा पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’ को शुरुवात भएको छ ।
फेडेरल र निर्मा बीच गत माघ ९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिबृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी भएको थियो ।
फेडेरल र निर्मा बीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासको पहिलो कदम भएको बताइएको छ। नेप्सुरेन्सले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तद्धष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्ने पनि बताइएको छ।
फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो ।