
हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छूट दिने भएको छ ।
कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ २३ गतेदेखि ३० गतेसम्म पुनजार्गरण वा नविकरण गराएमा २५ देखि शत प्रतिशतसम्म ब्याज छूटको दिन लागेको हो ।
कम्पनीले तीन वर्षसम्मको बीमालेख नविकरण गर्दा शत प्रतिशत छूट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिका लागि २५ प्रतिशत ब्याज छूट प्रदान गर्ने बताएको छ।
यस्तो छूट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने पनि कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यस्तो छूट सुविधा बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।