
हिमालयन रिइन्स्योरेन्सले एकपछि अर्को उपलब्धि हासिल
गर्ने क्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा भारतको पुनर्बीमा कम्पनी जिआइसी रि (GIC Re) को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त
गर्न कम्पनी सफल भएको छ ।
स्थापनाको चौथो वर्षमा संचालनमा रहेको
निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनी प्रति जिआइसी रि (GIC Re) जस्तो विश्व विख्यात कम्पनीले देखाएको
विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला
प्रदान गरेको जनाईएको छ ।
हिमालयन रिले भारतसहित अन्य ३० भन्दा
बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।