अदालत पुगेको यूनाइटेड अजोडको विवाद : मर्जर असर कि बदमासीको उपचार ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 06, 2024 | 01:35:44 PM मा प्रकाशित

laxmi sunrise bank

यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारीको सरुवा तथा निलम्बनलाई लिएर विवाद शृजना भएको छ।

तत्कालिन यूनाइटेड र अजोड इन्स्योरेन्स मिलेर बनेको यूनाइटेड अजोडमा भएको अहिलेको विवादलाई केहिले मर्जरको साइड ईफेक्टको रुपमा लिएका छन् भने केहिले बदमासीको उपचारको दाबी गरेका छन्। 

मर्जरपछि बन्ने संस्थाको नेतृत्त्व मर्जर भएका कुनै एक संस्थाबाट हुने सामान्य अभ्यास विपरित बाहिरबाट प्रमुख कार्यकारी ल्याउँदादेखि नै सँस्थामा समस्या थियो भन्ने आशंका थियो। तर, केहि समय अगाडी तत्कालिन अजोडको सीईओको राजीनामा र अहिले बहालवाला डेपुटी तथा तत्कालिन यूनाइटेडका निमित्त सीईओ नबिन सुवेदीले सर्वोच्च अदालतमा दिएको उजुरीले त्यो बेला समस्या थियो भन्ने पुष्टि भएको छ।

तत्कालिन यूनाइटेड र अजोडका सीईओ तथा कर्मचारीलाई व्यवस्थापन गर्नलाई मर्जर पश्चात बनेको यूनाइटेड अजोडमा बाहिरबाट अर्थात प्रुडेन्सियलबाट श्रवण रावललाई ल्याएर सीईओ  बनाइएको थियो। रावललाई तत्कालिन यूनाइटेडमा सीईओ बनाएर ल्याइएको थियो।

रावल आएपछि मर्जर पश्चात बनेको यूनाइटेड अजोडमा डेपुटीको रुपमा रहेका तत्कालिन अजोडका सीईओ कुमार बहादूर खत्री राजीनामा दिएर बाहिरिएका छन् भने तत्कालिन यूनाइटेडका निमित्त सीईओ तथा यूनाइटेड अजोडका डेपुटी सीईओ नबिन सुवेदीलाई सरुवा गरिएको छ। त्यस्तै झन्डै १००को हाराहारीमा कर्मचारीलाई जागिरबाट निकालिएको छ। 

तत्कालिन यूनाइटेड र अजोडकाबाट आएका डेपुटी सीईओद्वय मध्ये नबिन सुवेदीले भने आफुलाई सरुवा र निलम्बन गरिएकोप्रति असन्तुष्टि जनाएर अदालत गुहारेका छन्। तर कुमार बहादुर खत्रीले भने राजीनामा दिएर 'सघाए' का थिए। 

किन दिए डेपुटी सीईओ सुवेदीले संस्था विरुद्व अदालतमा उजुरी ? 

आफ्नो सरुवाप्रति असन्तुष्टि जनाउदै सुवेदीले सर्वोच्चमा उजुरी दिएका हुन्। यद्दपि विगतको 'तुस' पोख्न अहिले युनाइटेड अजोड़का हर्ताकर्ता 'एक जना पुर्व सहकर्मी' लाई प्रयोग गरेर आफुलाई पद तथा जिम्मेवारी नखुलाई सरुवा पत्र थमाइएको सुवेदीले आफु निकटका व्यक्तिलाई सुनाउने गरेका छन्। 

सर्वोच्च अदालतले यहि जेठ २० गते सुवेदीले यूनाइटेड अजोडलाई विपक्षी बनाएर दिएको निवेदनमा निर्णय गरेको छ। अदालतले जेठ २९ गते दुवै पक्षलाई छलफलमा बोलाउदै २०८१ जेठ १६ गतेको निलम्बन र २०८० चैत १० गतेको सरुवालाई कार्यन्वयन नगराउन आदेश दिएको छ। 

बीमा प्राधिकरण पनि कारबाहीमा उत्रिने संकेत 

आफुलाई सरुवा गरिएको र सरुवा नमानेपछि निलम्बनको पत्र थमाईएको भन्दै सुवेदीले नियामक बीमा प्राधिकरण पनि गुहारेका छन्। अदालतले यहि जेठ २९ गतेलाई सुवेदी र युनाइटेड अजोड़लाई छलफलका लागि डाकेकाले त्यसपछि मात्र आफुहरुले आवश्यक कारबाही गर्ने बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बिजपाटीलाई बताए। 

के भन्छ यूनाइटेड अजोड ?

यूनाइटेड अजोड इन्स्योरेन्सका संचालक समितिले भने यो घटनालाई मर्जरको साइड इफेक्ट भन्दा पनि नियामक बीमा प्राधिकरणको निर्देशनको पालनाको रुपमा लिनलाई भनेको छ। 

'संस्थामा मर्जरको साइड इफेक्ट छिट फुट केहि होलान तर यो घटना विशुद्ध नियामकको निर्देशनको पालना र शुद्धिकरण मात्रै हो' एक संचालकले बिजपाटीलाई भने, 'मर्जर अगाडीको यूनाइटेड र अजोडमा नियामकीय निर्देशन र स्वार्थ बाँझिने गरि केहि कामहरु भएका रहेछन, त्यसमा सामेल व्यक्तिको नामनै किटान गरेर पत्र आएपछि उपचारको खोजीको रुपमा राजिनामा, सरुवा र निलम्बन गरिएको हो।'

ति संचालकले अगाडी भने, 'मर्जरको इफेक्टलाई प्राथमिकता दिएको भए मर्जर अगाडिका यूनाइटेड र अजोडमा नेतृत्त्व तहबाटै भएका घटनालाई पनि उजागर गर्ने तथा कारबाहीको गर्ने गर्थ्यौं होला तर त्यो सोचबाट हामी  निस्किएर यूनाइटेड अजोडलाई कसरी देशकै एक नम्बरको कम्पनी बनाउने भन्नेमा छौं। 

यूनाइटेड र अजोड १००:८२.५० को स्वाप अनुपातमा मर्ज भएर २०८० साल जेठ १४ गते युनाइटेड अजोड़ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार भएको हो। 

यो पनि : 

 - निर्जीवन बीमा कम्पनीमा डरलाग्दो धन्दा : बिजनेश हत्याउन गैरकानूनी ‘क्यासब्याक’ को ललिपप

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved