
हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले स्वास्थ्य सहायक र आईटी अफिसर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालयको लागि कर्मचारी माग गरेको हो । स्वास्थ्य सहायक पदमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जनरल मेडिसिन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्ने छ ।
त्यस्तै, आईटी अफिसर पदमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि तथा कम्प्युटर विज्ञान वा सो बराबरको स्नातक गरेको हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले कम्पनीको इमेलमार्फत् आगामी असार ७ गते भित्र आवेदन दिन सक्नेछन् ।