
आइएमई लाईफ ईन्स्योरेन्समा एक वा सोभन्दा बढी लगानी गर्ने लगानीकर्ताको संख्या १८ रहेको छ । कम्पनीले जारी गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक विवरण अनुसार १ ठूला लगानीकर्ता मध्ये ११ जना व्यक्ति र ७ वटा संस्था रहेको छ ।
जसमध्ये कम्पनीमा सबैभन्दा धेरै शेयर चन्द्र ढकाल र हेमराज ढकालको छ । चन्द्र र हेमराजको समान ४५ लाख २५ हजार कित्ता शेयर र समान ११.३१ प्रतिशत शेयर स्वामित्व छ ।
यसैगरी, ग्लोबल आइएमई बैंकको ४० लाख कित्ता शेयर तथा १० प्रतिशत स्वामित्व रहेको छ भने आइएमई लिमिटेडको १२ लाख कित्ता शेयर तथा ३ प्रतिशत स्वामित्व रहेको विवरणमा उल्लेख छ ।
त्सस्तै, मिन बहादूर गुरुङको २.३३ प्रतिशत, नवराज नेपाल र एशियन डिस्ट्रीबुटर्सको समान १.७५/१.७५ प्रतिशत, विष्णु कुमार अग्रवालको १.५० प्रतिशत, डीडी ईन्भेष्टमेन्टको १.४५ प्रतिशत, एक्रोश मनी ट्रान्सफरको १.४४ प्रतिशत, कल्याण गुरुङ र साबित्री गुरुङको समान १.३४/१.३४ प्रतिशत र सन्दिप अग्रवालको १.२५ प्रतिशत शेयर स्वामित्व छ ।
यसैगरी, हाथवे ईन्भेष्टमेन्टको १.२४, जीवन कुमारी अर्याल पौडेलको १.२३, निमेष ईन्भेष्टमेन्टको १.२२, सुरज कुमार श्रेष्ठ र कमल पौडेलको समान १/१ प्रतिशत शेयर स्वामित्व छ ।